अभिनेत्री रेखा थापाको नाम मोरङ ३ बाट सिफारिस

आसन्न प्रतिनिधिसभाको निर्वाचनमा नेपाली चलचित्रकी अभिनेत्री तथा राप्रपाकी केन्द्रीय सदस्य रेखा थापाले उम्मेदवारी दिने भएकी छन् । थापाले मोरङ–३ बाट उम्मेदवारी दिने भएकी हुन् ।

राप्रपाले थापाको नाम स्थानीय पार्टी कमिटीले प्रत्यक्ष निर्वाचनका लागि सिफारिस गरेको छ । राप्रपा मोरङका अध्यक्ष माधव आचार्यले थापाको नाम स्थानीय पार्टी कमिटीले प्रत्यक्ष निर्वाचनका लागि सिफारिस गरेको जानकारी दिए । थापाको गृहनगर मोरङ–३ सुन्दरहरैंचा हो । थापासँगै सोही क्षेत्रबाट राप्रपाबाट अम्बिकाप्रसाद अधिकारीको पनि नाम सिफारिस भएको छ ।



त्यस्तै राप्रपाले नेता रवि रिजाललाई मोरङको क्षेत्र नम्बर ४ बाट प्रत्यक्षमा सिफारिस गर्दा जिल्ला अध्यक्ष माधव आचार्यलाई सोही क्षेत्रको प्रदेश निर्वाचन क्षेत्र (ख)मा सिफारिस गरेको छ ।

सम्बन्धित समाचार