कोरोनाका कारण एक जनाको मृत्यु, आज कति संक्रमित थपिए ?

पछिल्लो चौबीस घण्टामा नेपालमा २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ३ हजार ९२० जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ४८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र १ हजार ४३५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार १ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १७५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८२ हजार १५१ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या तीन हजार १९४ रहेको छ । जसमध्‍ये ३ हजार ४६ जना होम आइसोलेसनमा छन् भने १४८ जना संस्थागत आइसोलेसनमा, ४२ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९७ हजार ३४६ र एन्टिजेन विधिबाट १ लाख ५० हजार ६१२ जना पुगेको छ ।

 

सम्बन्धित समाचार