कोरोनाका कारण एक जनाको मृत्यु, आज कति संक्रमित थपिए ?

पछिल्लो चौबीस घण्टामा नेपालमा २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ३ हजार ५५७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ७३२ जनाको पीसीआर परीक्षण गर्दा १८० जना र १ हजार ८२५ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार २ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २१५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८२ हजार ३६६ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या तीन हजार १५८ रहेको छ । जसमध्‍ये ३ हजार ४ जना होम आइसोलेसनमा छन् भने १५४ जना संस्थागत आइसोलेसनमा, ४६ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९७ हजार ५२६ र एन्टिजेन विधिबाट १ लाख ५० हजार ७०१ जना पुगेको छ ।

सम्बन्धित समाचार