कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार अपराह्न साढे ४ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो ।

बोर्डले सबै काम सकेर प्राविधिक काम पनि सकिएको हुनाले आज नतिजा सार्वजनिक गर्ने भएको हो । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । परीक्षामा मुलुकभरबाट ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए ।



परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ भने NEB टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाउन सकिन्छ । त्यसैगरी आईभिआरका लागि १६०१ डाइल गर्नुपर्ने हुन्छ ।

 

सम्बन्धित समाचार