नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ भदौ ।
प्रतिनिधिसभाको बैठक बस्दै छ । आज (आइतबार) दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ ।
आजको बैठकमा प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गर्ने कार्यसूची छ ।
त्यस्तै, बैठकमा सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ ।
कार्यसूची