निर्वाचनमा गठबन्धन गर्ने विषयमा यसो भने राजेन्द्र लिङ्देनले

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आधारभूतरुपमा कसैसँग पनि गठबन्धन नहुने बताएका छन् । सोमबार राप्रपा बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

उनले आफ्नो पार्टीले आवश्यकताअनुसार जिल्ला तहमा अन्य दलसँग तालमेल गरेर जाने नीति लिएको उल्लेख गर्दै राष्ट्रियताका सवालमा नेकपा (एमाले) राप्रपासँग नजिक भएको बताए । लिङ्देनले तालमेलबाट बढी सिट ल्याउनेभन्दा पनि जनतासँगको सम्बन्धबाट नै बढी सिट ल्याउने अपेक्षा भएको स्पष्ट गरे ।



चुनाव घोषणा भएपछि सबै समान ढङ्गले चुनाव लड्नुपर्नेमा जोड दिँदै उनले अहिलेको संसद् विघटन गर्न माग गरे ।

 

 

 

सम्बन्धित समाचार