नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ भदाै ।
लोकगायक विष्णु खत्रीको नयाँ गीत ‘उडी जाने जहाज’ सार्वजनिक भएको छ । गीतमा बालगायक सुप्रिम मल्ल ठकुरी र विष्णु खत्री स्वयंले स्वर दिएका छन् ।
गायक खत्रीकै रचना र सङ्गीत रहेको गीतको म्युजिक भिडियोमा कलाकार स्मारिका ढकाल, सरिन केसीसँगै गायक खत्रीको समेत अभिनय देख्न सकिन्छ । परदेशिएका नेपाली र तिनका आश्रित परिवारको कथामा आधारित गीतमा दशैँमा घर आउने आशमा रहेका छोराको मनोभाव चित्रण गरिएको छ ।
मार्मिक सिर्जना र ग्रामीण परिवेश झल्काउने प्रस्तुतिका कारण गीत राम्रो बनेको स्रोता–दर्शकले प्रतिक्रिया दिएका छन् । दुई दशकदेखि सङ्गीतमा सक्रिय उनले दशैँ, तिहार, तीजजस्ता पर्वका मौकामा मौलिक गीत सार्वजनिक गर्दै आएका छन् । करण चाईसिरको छायांकन र प्रविन भट्ट सम्पादन गरेको भिडियोको निर्देश गायक खत्रिकै रहेको छ । गीत खत्रीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो –