ककनी गाउँपालिका २ मा स्वास्थ्य चौकी सञ्चालन

नुवाकोट ककनी गाउँपालिका – २ ले सिसिडोल स्वास्थ्य चौकी सञ्चालन गरेको छ । गाउँपालिका -२ का जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै काउलेथान चोकमा स्वास्थ्य चौकी सञ्चालन गरेको ककनी २ का वडाध्यक्ष तिलक लामाले बताए ।

स्वास्थ्य चौकीको उद्घाटन गर्दै लामाले स्वास्थ्य जस्तो संवेदनशील विषयमा सधै चनाखो हुनुपर्ने बताए । उक्त कार्यक्रममा वडा नं २ का जनप्रतिनिधि बिरबहादुर तामाङ्ग, निरमाया तामाङ्ग ,सलोन तामाङ्गलगायत स्थानीयहरुको उल्लेखिय उपस्थिती रहेको थियो ।



स्वास्थ्य चौकीले प्राथमिक उपचारका सबै सेवाहरु उपलब्ध गराउने जनाएको छ ।

सम्बन्धित समाचार