चिरप्रतीक्षित आईफोन १४ सावर्जनिक

आईफोन पारखीहरूका लागि एप्पलले बुधबार राती आईफोन १४ सिरिजका चारवटा मोडलहरू सार्वजनिक गरेको छ । बाहिरी लुक्सका हिसावले आईफोन १३ भन्दा आईफोन १४ का मोडेलहरूमा खास्सै अन्तर नदेखिए पनि विशेषताका हिसाबले एप्पलका हालसम्मकै राम्रा उत्पादन भएको कम्पनीले दावी गरेको छ ।

एप्पलले आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स सार्वजनिक गरेको हो । आईफोन १४ र १४ प्लसमा १२ मेगापिक्सेलका २ वटा क्यामरा रहेका छन् भने आईफोन १४ प्रो र प्रो म्याक्समा ४८ मेगापिक्सेलका ३ वटा क्यामरा रहेका छन् । आईफोनले ४८ मेगापिक्सेलका क्यामरा पहिलोपटक प्रयोग गरेको हो ।



आईफोन १४ सिरिजका मोडेलहरू र मूल्य

सिमकार्ड प्रयोग नहुने
आईफोन १४ का सिरिजमा भौतिक सिम राख्ने स्लट (स्ट्रे) नै नभएको जनाइएको छ । यी मोडलहरूमा आन्तरिक रूपमा दुईवटा ई–सिम लाग्ने बनाइएको छ । नेपालमा पनि ई–सिम चल्ने भनिए पनि हालसम्म सार्वजनिक भइरहेको छैन । सम्भवतः ई–सिम नलाग्ने देशहरूमा पठाइने मोडलहरूमा भौतिक सिमकार्ड लाग्ने गरेर नै पठाइने छ ।

एप्पल वाच र एयरपड्स
आईफोन १४ सिरिजसँगै एप्पल वाच सिरिज–८, एप्पल वाच अल्ट्रा र एप्पल वाच एसई गरी एप्पलले ३ मोडेलका एप्पल स्मार्ट वाच र एप्पल एयरपड्स् प्रो २ पनि सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचार