कोरोनाका कारण एक जनाको मृत्यु, आज कति संक्रमित थपिए ?

पछिल्लो चौबीस घण्टामा नेपालमा २२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ४ हजार ४०१ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ५१८ जनाको पीसीआर परीक्षण गर्दा १३७ जना र २हजार ८८३ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार १० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १६८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८३ हजार ९४९ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या दुई हजार ४७३ रहेको छ । जसमध्‍ये २ हजार ३७० जना होम आइसोलेसनमा छन् भने १०३ जना संस्थागत आइसोलेसनमा, २२ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९८ हजार ४३२ र एन्टिजेन विधिबाट १ लाख ५१ हजार ३२१ जना पुगेको छ ।

 

 

 

सम्बन्धित समाचार