नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ भदौ ।
राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आज (आइतबार) को लागि बोलाइएको बैठक संसद्को सचिवालयले एक सूचना जारी गर्दै स्थगित भएको जनाएको हो ।
संसद्को सचिवालयले राष्ट्रियसभाको अर्को बैठक भदौ २९ गते बस्ने जनाएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बैठक भदौ २९ गते बुधबार बिहान १०:५९ बजे बैठक बस्ने जानकारी दिए । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बैठक भदौ २९ गतेका लागि निर्धारण गरेको सूचनामा उल्लेख छ ।
आइतबारका लागि बोलाइएको बैठक विशेष कारणवश स्थगित गरिएको संघीय संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
सूचना :