कोरोनाका कारण २ जनाको मृत्यु, आज कति संक्रमित थपिए ?

पछिल्लो चौबीस घण्टामा नेपालमा १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ३ हजार ५८७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा ८९ जना र १ हजार ९९५ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार १४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २०१ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८४ हजार ४१३ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या दुई हजार ३१६ रहेको छ । जसमध्‍ये २ हजार २३६ जना होम आइसोलेसनमा छन् भने ८० जना संस्थागत आइसोलेसनमा, १४ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९८ हजार ७४३ र एन्टिजेन विधिबाट १ लाख ५१ हजार ४२९ जना पुगेको छ ।

सम्बन्धित समाचार