नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ भदौ ।
पछिल्लो चौबीस घण्टामा नेपालमा १७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ४ हजार ९५९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ६०० जनाको पीसीआर परीक्षण गर्दा १२७ जना र २ हजार ३५९ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार १५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १७१ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८४ हजार ५८४ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या दुई हजार २७१ रहेको छ । जसमध्ये २ हजार १९० जना होम आइसोलेसनमा छन् भने ८१ जना संस्थागत आइसोलेसनमा र १५ जना आईसीयूमा उपचाररत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९८ हजार ८७० र एन्टिजेन विधिबाट १ लाख ५१ हजार ४८१ जना पुगेको छ ।