नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी मङ्सिर ४ गतेको निर्वाचनमा राप्रपालाई मत दिएर पहिलो दल बनाउन आग्रह गरेका छन् । आज (मंगलबार) पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
अध्यक्ष लिङ्देनले भ्रष्टाचार र अनियमितता मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै मुलुकको समृद्धि र विकासको स्पष्ट खाकासहित भ्रष्टाचार र अनियमितताको विरुद्धमा आफ्नो पार्टी निरन्तर क्रियाशील रहेको बताए । उनले राजनीतिक दलका गलत क्रियाकलापले नै मुलुक समस्यामा पर्दै गएको बताएका छन् ।
यसअघि अध्यक्ष लिङ्देनले पर्वतको मोदी गाउँपालिकामा राप्रपाको पालिकास्तरीय कार्यालयको उद्घाटनसमेत गरेका थिए ।