नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० भदौ ।
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज (बिहीबार) बिहान ११ बजेको लागि बोलाइएको बैठक संसद् सचिवालयले एक सूचना जारी गर्दै स्थगित भएको जनाएको हो ।
संसद् सचिवालयले प्रतिनिधिसभाको अर्को बैठक भदौ ३१ गते बस्ने जनाएको छ । सङ्घीय संसद्का सचिव गोपालनाथ योगीले बैठक भदौ ३१ गते शुक्रबार बिहान ११ बजे बैठक बस्ने जानकारी दिए । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले बैठक भदौ ३१ गतेका लागि निर्धारण गरेको सूचनामा उल्लेख छ ।
बिहीबारका लागि बोलाइएको बैठक विशेष कारणवश स्थगित गरिएको संघीय संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
सूचना :