काठमाडौं महानगरपालिकाद्वरा सार्वजनिक स्थलमा धुम्रपान निषेध (सूचनासहित)

काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र धुम्रपान निषेध गरेको छ । आज (बिहीबार) एक सूचना निकाल्दै महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थलमा धुम्रपान निषेध गरेको हो ।

महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ । महानगरपालिकाको नगरसभाको ११औँ अधिवेशनबाट सार्वजनिकस्थलमा धुमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको हो ।



यसैगरी महानगरको नियम उल्लङ्घन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतका आधारमा कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई सार्वजनिकस्थलबाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिवानासमेत हुने महानगरपालिका निर्देशक तथा सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।

सूचना :

सम्बन्धित समाचार