नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० भदौ ।
पछिल्लो चौबीस घण्टामा नेपालमा १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ७९० जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ६७४ जनाको पीसीआर परीक्षण गर्दा ७५ जना र २ हजार ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार १५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १३७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८४ हजार ९७७ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या दुई हजार १२९ रहेको छ । जसमध्ये २ हजार ६२ जना होम आइसोलेसनमा छन् भने ६७ जना संस्थागत आइसोलेसनमा र १८ जना आईसीयूमा उपचाररत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९९ हजार १२१ र एन्टिजेन विधिबाट १ लाख ५१ हजार ६७८ जना पुगेको छ ।