बालेन र सुनितालाई स्याबास दिँदै कमल थापाले गरे यस्तो ट्विट

राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोललाई हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक काम गरेको भन्दै धन्यवाद दिएका छन् । आज (शुक्रबार) एक ट्विट गर्दै मेयर र उपमेयरलाई धन्यवाद दिएका हुन् ।

थापाले आफू सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा रहेको भन्दै काठमाडौंका खोलानाला सफा, स्वच्छ र कलकल बग्ने होस् भन्दै शुभकामा दिएका छन् ।



अध्यक्ष थापाले ट्विटरमा भनेका छन्, ‘स्याबास बालेन! स्याबास सुनिता! हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि धन्यवाद ! सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ । काठमाडौंका खोलानाला सफा, स्वच्छ र कलकल बग्ने होस्, शुभकामना ।’

ट्विट

ट्विट

सम्बन्धित समाचार