नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदौ ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ८२७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा ६० जना र २ हजार ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार १६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १२६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८५ हजार १०३ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या दुई हजार ६२ रहेको छ । जसमध्ये १ हजार ९९९ जना होम आइसोलेसनमा छन् भने ६३ जना संस्थागत आइसोलेसनमा र २० जना आईसीयूमा उपचाररत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९९ हजार १८१ र एन्टिजेन विधिबाट १ लाख ५१ हजार ७२८ जना पुगेको छ ।