नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदौ ।
सरकारले भोलि (असोज १ गते) शनिबार राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको पर्यटनमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए । बैठकले समानुपातिकको बन्दसूची बुझाउने अघिल्लो दिनबाटै संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउन असोज २ गते र ३ गते समय तोकेको छ । प्रतिनिधिसभाको अन्तिम बैठक भोलि दिउँसो १ बजे बस्दैछ । यस्तै बैठक पछि संसद सचिवालयले सांसदहरुलाई भोजसहित विदाई कार्यक्रम गर्ने गर्ने तयारी गरेको छ ।