प्रतिनिधिसभाको कार्यकालको अन्तिम बैठक – LIVE

प्रतिनिधिसभाको कार्यकालको अन्तिम बैठक सुरु भएको छ । आज (शनिबार) दिउँसो १ बजे बाट संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।

आजको बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री तथा शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायतले सम्बोधन गर्नेछन् ।



प्रतिनिधिसभाको कार्यकाल आज राति १२ बजे सकिँदै छ। यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न शुक्रबार राष्ट्रपति विद्यादेवी भणडारीलाई सिफारिस गरिसकेको छ । बैठकले समानुपातिकको बन्दसूची बुझाउने अघिल्लो दिनबाटै संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउन असोज २ गते र ३ गते समय तोकेको छ । यस्तै बैठक पछि संसद सचिवालयले सांसदहरुलाई भोजसहित विदाई कार्यक्रम गर्ने गर्ने तयारी गरेको छ ।

भिडियो –

भिडियो साभार -House of Representatives Nepal प्रतिनिधि सभा नेपाल

सम्बन्धित समाचार