सरकारले चोलेन्द्रलाई निवासमै रोकिदिएपछि…

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सरकारले सर्वोच्च अदालत जान रोक लगाएको छ । आइतबार बिहन ११ बजे सर्वोच्च जान लागेका जबरालाई सरकारलाई उनकै निवासमा प्रहरी तैनाथ गरी रोक लगाएको हो ।

सर्वोच्च जान लाग्दा सरकारले प्रहरी परिचालन गरेर अवरोध गरे जबराले बताएका छन् । उनले आफ्नो निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी परिचालन गरेको बताए । ‘म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ । तर, सरकारले निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरेर निवासमै रोकिदियो’ जबराले भने । त्यस्तै उनले आफूलाई रोक्दा हुने दुर्घटनाको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएका छन् ।



यस्तै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने नेपाल बार एशोसिएसनले निर्णय गरेको छ । प्रतिनिधि सभाको कार्यकाल सकिएकाले आफूविरुद्धको महाअभियोग प्रस्ताव पनि निष्क्रिय भएको भन्दै जबरा सर्वाेच्च अदालत फर्किन लागेका हुन् । जबरालाई अदातलत फर्किन नदिन भन्दै सरकारले सर्वोच्चको गेटमै प्रहरी परिचालन गरेको छ । गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरु जबरालाई रोक्न सर्वाेच्च गेटमै धर्ना बस्ने तयारीमा छन् ।

यो पनि पढ्नुस :

नेपाल बारद्वारा चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिने निर्णय

 

 

 

सम्बन्धित समाचार