माओवादीले समानुपातिक सूची तयार गर्न बनायो तीन सदस्यीय कार्यदल, को-को छन् ? (सूचीसहित)

नेकपा (माओवादी केन्द्र) को समानुपातिक सूची तयार गर्न एक कार्यदल गठन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

बैठकले महासचिव देवप्रसाद गुरुङको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय कार्यदलको सदस्यमा शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र मातृकाप्रसाद यादव रहेका छन् । आजको बैठकमा समानुपातिक तर्फको उम्मेदवारको बन्द सूचीका बारेमा छलफल भएपनि कुनै निष्कर्ष ननिस्किएपछि सोमबार बिहान बस्ने बैठकमा समानुपातिकतर्फको सूची निश्चित गर्ने बैठकले निर्णय गरेको छ ।



सङ्घीय तथा प्रदेशसभाका लागि प्रदेश र जिल्लाबाट सिफारिस भएका नाममाथि छलफल गरी निष्कर्ष निकाल्नका लागि केही छलफल गर्नुपर्ने भएकाले थप समय लागेको बताइएको छ । निर्वाचन आयोगले आज र भोलिसम्म समानुपातिकतर्फको सूची बुझाउने कार्यतालिका तय गरेको छ । जिल्ला र प्रदेशबाट आएका नाममाथि मसिनो गरी छलफल गरेर आवश्यक निर्णय गरिने माओवादीले जनाएको छ ।

सम्बन्धित समाचार