नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ असोज ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदान केन्द्र र मतदान स्थल सार्वजनिक गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गतका निर्वाचन क्षेत्र, प्रदेशसभा अन्तर्गतका निर्वाचन क्षेत्रका मतदाता, मतदान केन्द्र, मतदानस्थलको विवरण सार्वजनिक गरेको हो ।
त्यस्तै आयोगले सबै ७७ वटै जिल्ला अन्तर्गत पर्ने निर्वाचन क्षेत्रका मतदाता पनि सार्वजनिक गर्दै महिला र पुरुष मतदाताको संख्याका साथै तेस्रो लिंगी मतदाताको विवरण पनि सार्वजनिक गरेको छ । आयोगले मतदाता संख्या १ करोड ७९ लाख ८ हजार ५७० जना कायम भएको जनाएको छ । जसमा पुरुषको संख्या ९१ लाख ४० हजार ८०६ जना र महिलाको संख्या ८ लाख ४७ हजार ५७९ जना रहेको छ ।
यस्तै मतदाता परिचयपत्रमा नाम लेखाएका मध्ये मंसिर ३ गते १८ वर्ष उमेर पुगेकाले मत हाल्न पाउने आयोगले जनाएको छ । निर्वाचनको लागि देशभर १० हजार ८९१ मतदान स्थल र २२ हजार २२६ जना मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।
सूची :