यी ४८ राजनीतिक दलले पेस गरे समानुपातिकतर्फ बन्दसूची (सूचीसहित)

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचनतर्फ ४८ राजनीतिक दलले बन्दसूची पेस गरेको छन् । निर्वाचन आयोगले जारी गरेको पछिल्लो विवरण अनुसार ४८ राजनीतिक दलले प्रदेशसभा समानुपातिक निर्वाचन सूची दर्ता गराएका हुन् ।

आयोग अनुसार प्रदेश सभातर्फ समानुपातिकमा प्रदेश नम्बर १ मा ३६ वटा दलले उम्मेदवारको बन्दसूची पेश गर्दा मधेश प्रदेशमा ३६ दलले, बागमतीमा ४०, गण्डकीमा ३१, लुम्बिनीमा ३२, कर्णालीमा २८ र सुदूरपश्चिम प्रदेशमा ३४ दलले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेश गरेका छन् ।



आइतबार चार दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन् । समानुपातिकतर्फ निर्वाचन आयोगमा ६८ दल दर्ता भएकामा ४८ दलले उम्मेदवारको बन्दसूची पेश गरेको समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । आयोगले आज (मंगलबार)देखि नै बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्ने छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत ठूला दल सोमबार अपराह्नपछि मात्रै निर्वाचन आयोग पुग्दा बन्दसूची रूजु गर्नेलगायत काम रातभरि लागेको आयोगले जनाएको छ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका मंगलबारदेखि आगामी ९ गतेसम्म बन्दसूची सच्याउन समय दिने निर्णय आयोगले गरेको छ भने बन्दसूची संशोधन गरी पेश गर्न असोज १० देखि १६ गतेसम्मको समय निर्धारण गरेको छ । त्यस्तै आयोगले असोज २३ गते प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तय गरेको छ ।

सूची :

सूची :

 

सम्बन्धित समाचार