नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ असोज ।
कलाकार बुद्धि तामाङ वैवाहिक बन्धनमा बाँधिएका छन् । आज (शुक्रबार) उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् ।
भक्तपुरको एक पार्टी प्यालेसमा भएको विवाह तामाङ परम्परा अनुसार भएको थियो । उनले मागी विवाह गरेका हुन् । विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु र केही चर्चित कलाकारहरु उपस्थित थिए ।
बुद्धिको ‘हैट’ भन्ने थेगो दर्शकले निकै रुचाएका छन् । उनी पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त छन् । उनी ‘कबड्डी’ फिल्म अभिनय गरेपछि चर्चामा आएका थिए ।