आइतबारको लागि सर्‍यो नागरिकता विधेयकमाथिको सुनुवाई

नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धि रिटको सुनुवाई आगामी आइतबार हुने भएको छ । शुक्रबारका लागि पेसी तोकिएपनि ती रिटहरुको सुनुवाई भने आइतबारमात्रै हुने भएको हो ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको रिटको आइतबारलाई सरेको सर्वोच्च अदालतले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनबाट पारित भएर दोस्रो पटक शितलनिवास पुगेको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा राष्ट्रपति कार्यालयविरुद्ध पाँच वटा दायर भएका छन् ।



अधिवक्ताहरू सागर बराल, सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले छुट्टाछुट्टै रिट दर्ता गर्दै राष्ट्रपतिको कदमविरुद्ध रिट दर्ता गराएका थिए ।

 

सम्बन्धित समाचार