कोरोनाका कारण एक जनाको मृत्यु, आज कति संक्रमित थपिए ?

पछिल्लो चौबीस घण्टामा नेपालमा ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ४ हजार १२६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार २३४ जनाको पीसीआर परीक्षण गर्दा २९ जना र २ हजार ८९२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार १७ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ११६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८६ हजार २३५ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या एक हजार २८३ रहेको छ । जसमध्‍ये १ हजार ३२२ जना होम आइसोलेसनमा छन् भने ४९ जना संस्थागत आइसोलेसनमा र १० जना आईसीयूमा उपचाररत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९९ हजार ५३५ र एन्टिजेन विधिबाट १ लाख ५१ हजार ९५८ जना पुगेको छ ।

सम्बन्धित समाचार