कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक (विज्ञप्तिसहित)

राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि (पूरक) परीक्षा परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बुधबार बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा ११ हजार ६३३ सहभागी भएको बोर्डले जनाएको छ । ग्रेडवृद्धितर्फ १० हजार ३५३ जना सहभागी भएका थिए भने आंशिकतर्फ १ हजार २८० जना विद्यार्थी सहभागी भएका थिए । परीक्षामा ५९१ जना मात्रै उत्तीर्ण भएका छन् । बोर्डका अनुसार परीक्षामा सम्मिलित परीक्षार्थीमध्य ४६.१७ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् ।



कार्यालयले गत जेठ २९ गतेदेखि असार ६ गतेसम्म परीक्षा लिएको थियो । परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट https://neb.gov.np लगइन गरेर हेर्न सकिन्छ भने , नेपाल टेलिकमको वेवसाइट https://neb.ntc.net.np र एसएसएस सेवाबाट हेर्न सकिने बोर्डले जनाएको छ । नेपाल टेलिकमको १६०० मा NEB<space>Symbol No. टाइप गरी पठाएर नतिजा हेर्न सकिने छ भने १६०१ मा फोन डायल गरी नतिजाबारे जानकारी लिन सकिने छ।

 

परीक्षाको नतिजा सार्वजनिक

परीक्षाको नतिजा सार्वजनिक

 

 

सम्बन्धित समाचार