आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

पछिल्लो चौबीस घण्टामा नेपालमा ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा २ हजार ५३५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ९४१ जनाको पीसीआर परीक्षण गर्दा ३० जना र १ हजार ५९४ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार १८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १०३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८६ हजार ७२० जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या एक हजार ४ रहेको छ । जसमध्‍ये ९६८ जना होम आइसोलेसनमा छन् भने ३६ जना संस्थागत आइसोलेसनमा र ९ जना आईसीयूमा उपचाररत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९९ हजार ७४२ र एन्टिजेन विधिबाट १ लाख ५२ हजार ५५ जना पुगेको छ ।

 

सम्बन्धित समाचार