नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असोज l
बालिका बलात्कारको आरोप लागेका क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेवित्तिकै पक्राउ परेका छन् । प्रहरीले उनलाई विमानस्थलबाटै पक्राउ गरिएको जनाएको छ ।
उनी विहीबार १० बजे नेपाल फर्किन कुराको सामाजिक सञ्जालबाट जानकारी गराइएको भए पनि काठमाडौंको मौसम खराब भएका कारण केही विलम्ब भएको थियो ।
लामिछाने विदेशमा नै रहेको बेला गत भदौ २१ गते एक बालिकाले आफू लामिछानेबाट बलात्कृत भएको प्रहरी समक्ष जाहेरी दिएकी थिइन् । आरोपित लामिछानेले भने आफू निर्दोष भएको बताइरहेका छन् ।
फोटो : अनलाइनखबरबाट