सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सहमति, कुन दलले कहाँ–कहाँ पाए ? (सूचीसहित)

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सत्ता गठबन्धनका दलहरुबीचमा सिट बाँडफाँड भएको छ । शुक्रबार प्रधानमन्त्री निवासमा बसेको बैठकले सत्ता गठबन्धनका दलहरुबीचमा सिट बाँडफाँटमा सहमति भएको हो ।

जसमा कांग्रेसले प्रतिनिधिसभाको ८४ सिट, नेकपा माओवादी केन्द्रले ४७, नेकपा एकीकृत समाजवादीले २० र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने भएको छ । जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रवेश पाएको छ ।



१२ निर्वाचन क्षेत्र खाली राख्दै दलहरुबीच सहमति भएको हो । जसपा बाहिरिएपछि १२ स्थानमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीबीच बाँडफाँड गर्ने सहमति भएको नेताहरुले जनाएका छन् । गठबन्धनले लोसपालाई प्रतिनिधिसभामा बढीमा ८ सिट दिने तयारी गरेको छ भने लोसपाले १५ सिट मागेको छ।

सूची :

सम्बन्धित समाचार