यी हुन् नेकपा एकीकृत समाजवादीका १९ उम्मेदवार (नामावलीसहित)

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निएवचको लागि सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सहमति भएसँगै गठबन्धनमा दलहरु उम्मेदवार चयनमा लागेका छन् । यसैबीच नेकपा एकीकृत समाजवादीले पनि उम्मेदवारहरुको टुंगो लागेको छ ।

सत्ता गठबन्धनबीच १३ सिट प्रतिनिधिसभाका खाली राख्दै बाँकीमा सहमति जुटाएको छ । जसमा कांग्रेसले ८४ क्षेत्रमा उम्मेदवारी दिँदा, नेकपा माओवादीले ४७, नेकपा एकीकृत समाजवादीले १९ सिटमा र राष्ट्रिय जनमोर्चाले पनि दुई सिटमा उम्मेदवारी दिने भएको छ ।



त्यस्तै एकीकृत समाजवादीले १९ उम्मेदवारको टुंगो पनि लगाएको छ । निवर्तमान सांसद र पार्टीका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हेरेरै एकीकृत समाजवादीले गठबन्धनबाट सिट संख्या लिएको थियो ।

यी हुन् नेकपा एकीकृत समाजवादीका १९ उम्मेदवार
१. इलाम क्षेत्र न. १ – झलनाथ खनाल
२. उदयपुर क्षेत्र न. २ – जगन्नाथ खतिवडा
३. रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल
४. बारा क्षेत्र न. ४ – कृष्णकुमार श्रेष्ठ
५. काठमाडौं क्षेत्र न. ८ – जीवनराम श्रेष्ठ
६. ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन
७. धादिङ क्षेत्र न. १ – राजेन्द्रप्रसाद पाण्डे
८. मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा
९. कास्की क्षेत्र न. २ – श्रीनाथ बराल
१०. गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री
११. पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे
१२. रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ
१३. दाङ क्षेत्र न. १ – मेटमणि चौधरी
१४. सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)
१५. डोल्पा – धनबहादुर बुढा मगर
१६. दैलेख क्षेत्र न. १ -अम्बरबहादुर थापा
१७. अछाम क्षेत्र न. १ – शेरबहादुर कुवँर
१८. बझाङ – भानुभक्त जोशी
१९. डोटी – प्रेमबहादुर आले

सम्बन्धित समाचार