राष्ट्रपति भण्डारी अस्पताल भर्ना, के भएको छ उनलाई ?

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छिन् । शनिबार राष्ट्रपति भण्डारी महाराजगन्जस्थित शिक्षण अस्पताल भर्ना भएकी हुन् ।

भाइरल ज्वरोका कारण उनी अस्पताल भर्ना भएकी हुन् । राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या आएपछि परीक्षणका निम्ति अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।



उनले भने, ‘राष्ट्रपतिज्यूको शिक्षण अस्पतालमा परीक्षण चलिरहेको छ । भाइरल ज्वरोको आशङ्का गरिएको छ । अहिले स्वास्थ्य परीक्षण भइरहेको छ ।’ राष्ट्रपछि भण्डारीलाई शुक्रबारदेखि रुघाखोकी र ज्वरो आएको थियो अधिकारीले भने ।

सम्बन्धित समाचार