नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ असार ।
चर्चित उद्योगपति विनोद चौधरीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको लागि टिकट पाएका छन् । उनलाई नेपाली काँग्रेसले टिकट दिएको हो ।
नेपाली काँग्रेसको तर्फबाट पश्चिम नवलपरासीको क्षेत्र नं. १ बाट चौधरीले टिकट पाएका हुन् ।
सत्ता गठबन्धनको तर्फबाट टिकट पाएका चौधरीको जनता प्रगतिशील पार्टीका नेता हृदयश त्रिपाठीसँग भिडन्त हुने देखिएको छ ।