नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असोज ।
कलाकार हरिवंश आचार्यले आफू सबैको साझा भएकोले चुनावमा आफूबाट प्रचार प्रसारको अपेक्षा नगर्न सार्वजनिक रूपमाअपिल गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो आग्रह गरेका हुन् ।
उनले लेखेका छन्– कतिले बिर्सनै नसकिने गुन लगाएका हुन्छन्, कतिसँग गहिरो मित्रता हुन्छ, कतिसँग नाता गाँसिएको हुन्छ । देशमा जब निर्वाचन नजिकिन्छ, त्यसबखत ती मित्रता, ती नाता र आत्मीय सम्बन्ध गाँसिएका व्यक्तिहरु निर्वाचनमा उमेद्वार बन्दछन् । त्यसबखत हामीसँग केही आशा राख्नु स्वाभाविक हो । मलाई चुनाबमा मद्दत गरिदेला, मेरो पक्षमा भोट मागीदेला भनेर । तर हामी सबै राजनीतिक दल, सबै उमेद्वारका साझा मानिस हौ । ब्यालेटबक्समा खसाल्ने मतपत्र को कुन चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो ।
तर कसैको पक्षमा भोट माग्न, कसैको प्रचारक हुन सकिँदैन, यो हाम्रो बाध्यता हो । त्यसैले मित्रता, आत्मियता, नातादलाई पवित्र नै राखी चुनावमा हामीबाट प्रचार प्रसारको आशा नगरिदिन अनुरोध गर्दछु ।