प्रभु साहको कदमप्रति यसो भने शंकर पोखरेलले

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले पार्टी छोडेर प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिनु पार्टीलाई धोका दिएको बताएका छन् । बुधबार फेसबुकमा एक स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् ।

पोखरेलले प्रभु साहको कदम अराजनीतिक षडयन्त्रको नमुनाको संज्ञा दिएका छन् । इनले शाहले स्वतन्त्र उम्मेदवारी दिनुमा सत्ता गठबन्धनसँगको साँठगाँठको षडयन्त्र भएको टिप्पणी गरेका छन् । त्यस्तै पोखरेलले पार्टीलाई धोका दिएर अन्तिम समयमा साहले स्वतन्त्र उम्मेदवारी दिँदै अन्य क्षेत्रका उम्मेदवारको टिकट समेत नदिएर समय गुजार्ने षडयन्त्र गरेको बताएका छन् ।



‘प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी हुनु भो । उक्त सहमति पश्चात मधेस प्रदेशमा उम्मेदवार टुंगो लगाउने छलफलमा बस्नुभो । निर्णय भएअनुसार रौतहटको टिकट पनि लिएर जानु भो । तर पार्टीलाई धोका दिएर अन्तिम समयमा आफूले स्वतन्त्र उम्मेद्वारी दिनु भो र अन्य क्षेत्रका उम्मेद्वारको टिकट समेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो,’ पोखरेलले फेसबुकमा लेखेका छन् ।

पोखरेले थप लेखेका छन्, ‘राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतिको जामा लगाउनुको कुनै अर्थ छैन । यस प्रकारको छलछाम गठवन्धनका नेतासँगको षड्यन्त्रपूर्ण साठगाँठ नै हो । रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै बुझेका छन् । मधेस प्रदेशमा नेकपा(एमाले) र जसपा बीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रुपमा सफल बनाउ ।’

यस्तो छ शंकर पोखरेलको स्ट्याटस :
अराजनीतिक षडयन्त्रको नमुनाः
प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागि हुनु भो । उक्त सहमति पश्चात मधेसप्रदेशमा उम्मेद्वार टुंगो लगाउने छलफलमा वस्नु भो । निर्णयभएर अनुसार रौतहटको टिकट पनि लिएर जानु भो । तर पार्टीलाई धोका दिएर अन्तिम समयमा आफूले स्वतन्त्र उम्मेद्वारी दिनु भो र अन्य क्षेत्रका उम्मेद्वारको टिकट समेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो । राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतीको जामा लगाउनुको कुनै अर्थ छैन । यस प्रकारको छलछाम गठवन्धनका नेतासंगको षडयन्त्रपूर्ण साठगाँठनै हो । रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै बुझेका छन् । मधेस प्रदेशमा नेकपा(एमाले) र जसपाबीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रुपमा सफल बनाउ ।

सम्बन्धित समाचार