नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ असोज ।
नेकपा एमाले सुदूरपश्चिमले बागी उम्मेदवारी दिने ५ जना नेतालाई पार्टीबाट निष्कासित गरेको छ । सुदूरपश्चिम एमालेले पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने ५ जना नेतालाई पार्टीबाट निष्कासित गएको हो ।
एमालेले सुदूरपश्चिम प्रदेश कमिटि सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदी, तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ति समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउदलाई पार्टीबाट निष्काशन गरेको सुदूरपश्चिम सचिव धर्मराज पाठकले केन्द्रको निर्देशनअनुसार उनीहरुलाई हटाएको जानकारी दिए ।
सुवेदीले कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्बर १ को प्रदेशसभा (१), हमालले कञ्चनपुर २ को प्रदेशसभा (१) साउँदले कञ्चनुर क्षेत्र नम्बर १ को प्रदेशसभा(२) र मयालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका थिए ।