नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० असोज ।
शताब्दीपुरुष सत्यमोहन जोशीको आइतबार बिहान ०७ : ०९ बजे निधन भएको छ । डेंगु संक्रमणका कारण १०३ बर्षीय जोशीलाई केही दिनअघि ललितपुरस्थित किष्ट अस्पतालमा भर्ना गरिएको थियोे ।
नेपाली संस्कृति, विशेषतः काठमाडौं उपत्यका र कर्णालीको संस्कृतिका जानकार शताब्दीपुरुष जोशी लामो समयदेखि प्रोष्टेड तथा मुटुसम्बन्धी समस्याबाट पीडित थिए ।
शताब्दीपुरुषप्रति हाम्रो पनि भावपूर्ण श्रद्धाञ्जली !!