नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ असोज ।
सरकारले कात्तिक १ गते मंगलबार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयद्वारा आज प्रकाशित सूचनामा संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा कात्तिक १ गते मंगलबार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको उल्लेख छ ।
डेङ्गुबाट सङ्क्रमित जोशीको १०३ वर्षको उमेरमा गत आइतबार बिहान ग्वार्कोस्थित किष्ट अस्पतालमा निधन भएको थियो ।