गठबन्धनको विषयमा यसो भने पौडेलले

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको र यसलाई निरन्तर अगाडि बढाउनुपर्ने बताएका छन् । आज (मंगलबार) तनहुँको व्यास नगरपालिका–१० स्थित शेवर, नयाँबस्ती, डिहीगाउँमा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेता पौडेलले लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको र यसलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले भने, ‘लोकतन्त्र सङ्कटमा परेको बेला बनेको गठबन्धनलाई बलियो बनाएर अगाडि बढाउन सबै एकजुट भएर लाग्नुपर्छ ।’



त्यस्तै उनले जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने उद्घोष गरे । उनले जनताका समस्या समाधान गर्न नै आफू राजनीतिमा लागेको बताए । ‘यहाँका हरेक समस्या मलाई थाहा छ, खानेपानी, सडक स्तरोन्नति र रोजगारीका लागि लागिपरेको छु। जनताको विश्वासलाई टुट्न दिन्न’ नेता पौडेलले भने ।

उनले शेवरदेखि कलेस्तीसम्म पुग्ने सडक स्तरोन्नति र रसायनिक मल उद्योग खोल्ने विषयमा पहल भइरहेको जानकारी दिए । यस्तै तनहुँ क्षेत्र नम्बर १ प्रदेश–१ का उम्मेदवार अशोककुमार श्रेष्ठले जनताका हरेक समस्या समाधान नेपाली कांग्रेससको नेतृत्वमा सम्भव भएको बताए ।

 

सम्बन्धित समाचार