निर्वाचनमा गठबन्धन गरेको विषयमा यसो भने पौडेलले

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको बताएका छन् । शुक्रबार तनहुँ व्यास नगरपालिका वडा नं–२ मा निर्वाचन सम्पर्क कार्यालयको गर्दै उनले यस्तो बताएका हुन् ।

पौडेलले गठबन्धनलाई दिगोरूपमा अगाडि लैजान सकिए मात्र संविधानको रक्षामा सहयोग पुग्ने दाबी गरे । उनले भने, ‘प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुपर्छ ।’



उनले हरेक नागरिकमा अनुशासन र आचरणमा राख्ने पद्धति आवश्यक परेको जनाउँदै लोकतन्त्रको उपयोग गर्न सिक्नुपर्ने धारणा राखे। गाउँमा रोजगारी र आम्दानीको अवसर सिर्जना गर्नुपर्ने अहिलेको चुनौती रहेको र त्यसका लागि आफू क्रियाशील रहेको पनि उनले बताए । कार्यक्रममा तनहुँ क्षेत्र नं १ प्रदेश क का उम्मेदवार अशोककुमार श्रेष्ठ, समानुपातिक उम्मेदवार चिनु पोख्रेललगायतले कांग्रेसको नेतृत्वमा विकास सम्भव रहेको बताए ।

सम्बन्धित समाचार