न्युजिल्याण्ड र इंग्ल्यान्ड विजयी

अष्ट्रेलियामा जारी आठौं संस्करणको टी २० विश्वकप अन्तर्गत सुपर १२ को समूह ‘एक’ को खेलमा न्युजिल्याण्ड र इंग्ल्यान्ड विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा न्युजिल्याण्डले घरेलु टोली अष्ट्रेलियालाई ८९ रनले पराजित गर्यो भने इंग्ल्यान्डले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्यो ।

न्युजिल्याण्ड



अष्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०० रन बनाएको थियो । न्युजिल्याण्डका लागि ओपनर डेभिड कोन्वे अविजित रहँदै ९२ रनको अर्धशतकिय पारी खेले भने फिना एलेनले ४२ रन बनाए । त्यस्तै जेम्स निशम २६ रनमा अविजित रहँदा कप्तान केन विलियम्सले २३ रन जोडे । अष्ट्रेलियाका लागि जोस हेजलउडले २ विकेट लिए भने एडम जाम्पाको भागमा १ विकेट रह्यो ।

अष्ट्रेलिया

२०१ रनको लक्ष्य लिएर मैदान उत्रेको घरेलु अष्ट्रेलिया १७ दशमलब १ ओभरमा अलआउट हुदै १११ रनमा समेटिएको थियो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले २८ रन बनाए भने प्याट कमिन्सले २१ रन जोडे । त्यस्तै मिचेल मार्शले १६ रन बनाई आउट भए भने आरोन फिन्चले १३ र टिम डेभिडले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । न्युजिल्याण्डका मिचेल स्यान्टेनर र टिम साउथीले समान ३- ३ विकेट लिए भने ट्रेन्ट बोल्टले २ विकेट लिँदा लक्कि फगुर्सन र ईश सोधीको भागमा समान १-१ विकेट रह्यो । जितसँगै न्युजिल्याण्ड समूह ‘एक ‘को दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै टी २० विश्वकप अन्तर्गत सुपर १२ को समूह ‘एक’ को अर्को खेलमा इंग्ल्यान्डले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ । शनिबार अष्ट्रेलियाको पर्थ स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तान १९ दशमलव ओभरमा अलआउट हुँदै ११२ रनमा समेटिएको थियो । अफगानिस्तानका लागि इब्राहिम जाड्रानले ३२ रन बनाए भने उस्मान घानीले ३० रन जोडे । त्यस्तै नजिबुल्लाह जाड्रानले १३ र रमिउल्लाह गुर्वाजले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । इंग्ल्यान्डका लागि साम करनले ५ विकेट लिए भने बेन स्टोक्स र मार्क उडले समान २-२ विकेट लिँदा क्रिस वक्सको भागमा १ विकेट रह्यो ।

इंग्ल्यान्ड

११३ रनको लक्ष्य लिएर मैदान उत्रेको इंग्ल्यान्डले १८ दशमलब १ ओभरमा ५ विकेट गुमाउँदै ११३ रन बनायो । इंग्ल्यान्डको लागि लियम लिविङ्स्टोनले अविजित रहँदै २९ रन बनाए भने एलेक्स हेल्सले १९ रन जोडे। यस्तै जोस बटलर र डेभिड मलानले समान १८-१८ रन बनाए । अफगानिस्तानका लागि फैजल फरुकी, रशिद खान, मोहम्मद नाबी, मुजिब उर रहमान र फरिद अहमदले समान १-१ विकेट लिए । जितसँगै इंग्ल्यान्ड समूह ‘एक ‘को शीर्ष स्थानमा रहेको छ ।

अफगानिस्तान

इंग्ल्यान्ड

 

 

सम्बन्धित समाचार