नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ कार्तिक ।
अष्ट्रेलियामा जारी आठौँ संस्करणको आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर १२ को समूह ‘दुई’ को खेलमा भारतले पाकिस्तानविरुद्ध रोमाञ्चक जित निकालेको छ । आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ४ विकेटले पराजित गरेको हो ।
अष्ट्रेलियाको मेलबर्नमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । पाकिस्तानका लागि शान मसुदले अविजित रहँदै ५२ रनको अर्धशतकीय पारी खेले भने इफ्तिकार अहमदले ५१ रन बनाए । त्यस्तै शाहिन शाह अफ्रिदीले १६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । भारतका लागि अर्शदिप सिंह र हार्दिक पाण्ड्याले समान ३- ३ विकेट लिए भने भुबनेश्वर कुमारले २ तथा मोहमद सामीको भ्स्ग्म्स समान १-१ विकेट रह्यो ।
१६० रनको लक्ष्य लिएर मैदान उत्रेको भारतले अन्तिम बलमा ६ विकेट गुमाउँदै पूरा गर्याे । भारतका लागि विराट कोहली अविजित रहँदै ८२ रनको अर्धशतकीय पारी खेले भने हार्दिक पाण्ड्याले ४० रन बनाए । पाकिस्तानका लागि हरिस रउफ र मोहमद नवाजले समान २-२ विकेट लिए भने नशिम शाहको भागमा १ विकेट रह्यो । जितसँगै भारत समूह ‘दुई’को र्शीष स्थानमा रहेको छ भने पाकिस्तान दोस्रो स्थानमा रहेको छ ।