रामचन्द्र पौडेलले हँसिया हथौडासँग डराउनुपर्दैन भनेपछि…

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हँसिया हथौडासँग डराउन नहुने बताएका छन् । सोमबार वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘हँसिया हथौडा देखेर नडराउनहोस् । त्यो हँसिया हथौडामा लोकतन्त्रको गोलो घेरा लागेको छ ।’ त्यस्तै उनले ७० वर्षसम्म सङ्घर्ष गरेर स्थापना गरिएको लोकतन्त्र र संविधानमाथि प्रहार भएकाले त्यसको रक्षाका लागि गठबन्धन आवश्यक भएको बताएका छन् । उनले नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका उम्मेदवार नभनी गठबन्धनको उम्मेदवार भन्ने ठानेर एक अर्कालाई विजयी गराउन आग्रह गरे ।



पौडेलले पाँच दलीय गठबन्धन देशको भविष्यका लागि बनेको दाबी गरे । उनले भने, ‘देशको अवस्था बदल्नका लागि हामी एक ठाँउमा उभिएका छौँ । राष्ट्र अगाडि बढ्ने बाटो प्रष्ट पारेर अगाडि बढेका छौँ ।’ उनले सुशासन, प्रगति र लोकतन्त्रको पक्षमा उभिएकाले वाम लोकतान्त्रिक गठबन्धन एजेण्डासहित अगाडि बढेको स्पष्ट पारे ।

 

 

सम्बन्धित समाचार