तिहारको अवसरमा नेपाल टेलिकमले ल्यायो यस्तो अफर

नेपाल टेलिकमले तिहार, म्हपूजा तथा छठका अवसरमा चाडपर्व अफर ल्याएको छ । टेलिकमले गत आइतबारदेखि लागू हुनेगरी विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको चाडपर्व अफर उपलब्ध गरेको हो ।

कम्पनीले यो अफर कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुने जनाएको छ । अफरमा डेटा प्याक अन्तर्गत २९४ रूपैयाँमा १० दिनभित्र प्रयोग गर्न सकिने २० जिबी डेटा उपलब्ध हुनेछ। त्यस्तै ९८ रूपैयाँमा तीन दिनभित्र प्रयोग गर्न सकिने ६ जिबी डेटा पनि उपलब्ध छ। त्यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याक जुनसुकै समय प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।



त्यस्तै अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसका रूपमा डाटा प्याक उपलब्ध गराइने भएको छ । दुईदेखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने पाँच सय एमबी र पाँच सय रुपियाँभन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने एक हजार २४ एमबी डाटा प्याक उपलब्ध हुने भएको छ ।

यसैगरी पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निःशुल्क भोल्टे सेवा पनि उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ । यो अफर आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरीद गर्न सकिन्छ ।

सम्बन्धित समाचार