ट्विटरको पनि मालिक बने एलन मस्क, कतिमा किने ?

सोसल मिडिया कम्पनी ट्विटर विश्वकै धनाढ्य व्यक्ति एलन मस्कले खरिद गरेका छन् । सन् २००६ मा स्थापना भएकको ट्विटर मस्कले ४४ अर्ब अमेरिकी डलरमा किनेका हुन् ।

मस्कले स्वामित्व लिएसँगै ट्विटरका प्रमुख कार्यकारी अधिकृत लगायत शीर्ष तहका कर्मचारीलाई बर्खास्त गरेका छन् । मस्कले ट्विटरका प्रमख कार्यकारी अधिकृत (सिइओ) पराग अगवाल, प्रमुख वित्तीय अधिकृत नेड सेगल लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेडलाई बर्खास्त गरेको अमेरिकी समाचार संस्थाले जनाएको छ ।



मस्कले ट्विटरलाई निजी कम्पनीका रूपमा रूपान्तरण गरेका छन् । बिहीबार एक ट्विटमा एलन मस्कले मानवतालाई मद्दत गर्नका लागि आफूले ट्विटर किनेको बताएका थिए । त्यस्तै उनले ट्विटरमा लेखेका छन्- ‘चरो अब स्वतन्त्र भयो।’ मस्कले बर्खास्त गरेका अग्रवाल गत वर्ष ट्विटरको सिइओ नियुक्त भएका थिए । मस्कले अब भने ट्विटरलाई वी च्याट र टिकटक जस्तो माध्यममा रूपान्तरण गर्ने बताएका छन् ।

सम्बन्धित समाचार