रावलले कमल थापा, हृदयेश त्रिपाठी र एकनाथ ढकाल एमालेको उम्मेदवार बनेको विषयमा गरे यस्तो प्रश्न

नेकपा एमालेका उम्मेदवार भीम रावलले चुनाव स्वच्छ,मर्यादित र कानूनसम्मत हुनुपर्ने बताएका छन् । शुक्रबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।

रावलले अलग पार्टीका प्रमुख कमल थापा, हृदयश त्रिपाठी र एकनाथ ढकालले आफ्ना उम्मेदवारका पत्रमा सही गर्नुका साथै एमालेको उम्मेदवार बनेको विषयमा पनि प्रश्न गरेका छन् । उनले। के एउटै व्यक्ति एउटै समयमा दुईटा पार्टीको नेता र उम्मेदवार बन्न मिल्छ ? कानून र लोकतान्त्रिक मान्यता के हाे ?’ भनि प्रश्न गरेका हुन् ।



उनले ट्विटरमा लेखेका छन्, ‘चुनाव स्वच्छ,मर्यादित र कानूनसम्मत हुनैपर्छ ।अलग पार्टीका प्रमुख कमल थापा,हृदयश त्रिपाठी र एकनाथ ढकालले आफ्ना उम्मेदवारका पत्रमा सही गर्नुका साथै एमालेको उम्मेदवार बनेका छन् । के एउटै व्यक्ति एउटै समयमा दुईटा पार्टीको नेता र उम्मेदवार बन्न मिल्छ? कानून र लोकतान्त्रिक मान्यता के हाे ?’

सम्बन्धित समाचार