सत्ता गठबन्धनले गर्यो यस्तो निर्णय (विज्ञप्तिसहित)

सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केही स्थानमा देखिएका उम्मेदवारको विवाद छलफलबाटै टुंग्याउने निर्णय गरेको छ । शुक्रबार नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो निर्णय गरेको हो ।

त्यस्तै गठबन्धनका सहमतिका उम्मेदवारहरूको सूची सार्वजनिक भइसकेको जानकारी दिँदै केही स्थानमा मित्रवत प्रतिस्पर्धा हुने पनि जनाइएको छ । ‘’केही स्थानमा देखिएका विवादलाई छलफलद्वारा निष्कर्षमा पुर्‍याउन प्रतिबद्धता व्यक्त गर्दछौँ । साथै गठबन्धनका सहमतिका उम्मेदवारहरूको सूचि सार्वजनिक गरिएको छ । केही स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ ती स्थानमा एक आपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको छ’ विज्ञप्तिमा उल्लेख छ ।



यस्तै गठबन्धनका शीर्ष नेताहरुले निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरूका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण मतदाताहरूलाई अपिल समेत गरेको छ ।

विज्ञप्ति

विज्ञप्ति

सम्बन्धित समाचार