सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता

१० देखि १२ वर्ष कैद सजाय माग

कार्तिक नाबालिगलाई बलात्कारको आरोपमा लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ । सोमबार सन्दीप विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

सन्दीपविरुद्ध १२ वर्षको कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले एक हप्ताअघि नै अनुसन्धान सकाएर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा मुलुकी फौजदारी अपराधसंहितामा १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेअनुसार १२ वर्षसम्मको कैद सजाय मागदाबी हुनुपर्ने उल्लेख गरिएको थियो ।



गत असोज २० गते प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो । लामिछाने विदेशमा नै रहेको बेला गत भदौ २१ गते एक बालिकाले आफू लामिछानेबाट बलात्कृत भएको प्रहरी समक्ष जाहेरी दिएकी थिइन् । त्यतिबेला सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर थिए । आरोपित लामिछानेले भने आफू निर्दोष भएको र आफूविरुद्ध झुटो आरोप लागेको भन्दै कानुनी लडाई लड्ने बताइरहेका छन् ।

सम्बन्धित समाचार